शिर्ष नेताहरुकै कारण भ्रष्टाचार बढ्यो : काँग्रेस नेता शर्मा – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

शिर्ष नेताहरुकै कारण भ्रष्टाचार बढ्यो : काँग्रेस नेता शर्मा

धनकुटा । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको एक सातदेखि चलेको पूर्व पहाडको धनकुटादेखी ईलामसम्मको राजनैतिक भ्रमणले कांग्रेजनमा उत्साह र समाजमा नयाँ जागरण ल्याएको छ ।

जनमानसमा राजनिति प्रति वितिष्णा तथा नैरेशता आउँदै गरको र राजनैतिक दलका कार्यकताहरुको निराशा जाग्दै गएको समयमा नेपाली कांग्रेसका नेता शर्माले आफ्नो पुख्यौली जिल्ला धनकुटाबाट शुरु गरेको पूर्वी पहाडको भोजपुर संखुवासभा, तेह्थुम, ताप्लेजुग, पाँचथर र ईलामसमम्मको पहिलो चरणको राजनैतिक भ्रमणले सम्पन्न गरेका छन्र । उनले  समाजमा नयाँ जागरण र कांग्रेसजनमा उत्साह पैदा गरेको बताए ।

डा. शर्माले भ्रमणमा कांग्रेस भोजपुर जिल्लाका सभापति तथा प्रदेश सभाका सांसद बिनोद वान्तवा, प्रदेश सभाका सांसद मान वहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई तेह्थुम जिल्लाका सभापति अर्जुन तुम्वाहाम्फे, निर्वतमान जिल्ला सभापति गोविन्द्र ढुगाना, पाँचथरका जिल्ला सभापति रुप नाराण जबेगु, निर्वतमान जिल्ला सभापति नरेन्द्र केरुग, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, तेह्थुम जिल्लाका कोषाध्यक्ष प्रेम तुम्वाहाम्फे, नेता निर्मल ढुंगाना, नेवल मेडिकल कलेजका मेनिजिग डाईरेक्टर ईन्दिरा शर्मा वराल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

धनकुटामा कांग्रेसका सभापति दिनेश राईको अध्यक्षतामा,भोजपुरमा जिल्ला उपसभापति गजेन्द्र कार्कीको अध्यक्षतामा,संखुवासभामा जिल्लाका कार्यवहाक सभापति अनन्त गौलीको अध्यक्षतमा, तेह्थुम जिल्लामा जिल्ला सभापति अर्जुन तुम्वाहाम्फेको अध्यक्षतमा, ताप्लेजुगमा जिल्ला सभापति गजेन्द्र तुम्हाङ्क लिम्बुको अध्यक्षतमा, पाँचथरमा जिल्ला सभापति रुपनारायण जवेगुको अध्यक्षतमा र ईलामामा जिल्ला सभापति डम्वर खड्काको अध्यक्षतमा वृहत कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रमहरु भएको थियो ।

सबै कार्यक्रमहरुमा डा. शर्माले नेताहरुको गलत निर्णय र क्रियाकलापका कारण अहिले भ्रष्ट्राचार बढेकोले बताए । उनले राजनिति प्रति वितिष्णा जागेको, जनतामा निराशा छाएको र कार्यर्ताहरुमा नैरेसता आएको भन्दै अब नयाँ ढंगबाट कांग्रेसलाई संगठित गरेर अगाडि लैजानका लागी अब सबै कांग्रेसजनले नेताहरुलाई पुरस्कार र दण्ड दिने काम गर्नु पर्ने बताए ।

उनले नेताहरु ईमानदार भए जनताहरुको आधारभूत आवाश्यक्ताहरु पुरा गर्न सकिने भन्दै स्वास्थ्य बिमालाई एक लाख देखी १० लाख सम्म पु¥याउनु पर्ने र शिक्षाका लागी विद्यार्थीहरुलाई ऋण दिनु पर्ने, जलविद्युत उत्पादन बढाउनु पर्ने भ्रष्ट्राचारलाई पूर्ण रुपमा निर्मुल गर्नु पर्ने बता ।

पूर्वी पहाडको ७ जिल्लाहरुमा भएको राजनैतिक भ्रमणमा व्यापक रुपमा कांग्रेसका जिल्ला नेतााहरु र जिम्मेवार कार्यकर्ताहरुको उपस्थिति रहेको थियाे । उनीहरुको गुनासा र समस्याहरु नेता शर्माले जिम्मेवारी पूर्वक सुनेर समाधानका उपायहरु समेत बताएका थिए । शिथिल बन्दै गएको कांग्रेजनमा नयाँ उत्साह र समाजमा जागरण ल्याएको कांग्रेस धनकुटाका जिल्लाका सचिव विजय सन्तोषी राईले बताए ।

पूर्वी पहाडका जनताहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै उनीहरुको समस्या समाधान गर्नका लागी पहल गरेको र मुत्युसँग लड्दै गरेका गरिव असाहय र पहुच विहिन विरामीहरुको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने नेता शर्माले बताए ।

डा. शर्माले ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्र भ्रमण गर्ने लक्ष अनुसार पहिलो चरणमा पूर्वी पहाडको ७ वटा जिल्लाको राजनैतिक भ्रमण सम्पन्न गरेको र अब दोस्रो चरणमा सगरमाथा अञ्चलको पहाडी जिल्लाहरु र सबै तराईका जिल्लाहरु राजनैतिक भ्रमण गर्ने बताए ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० माघ ३, १२: १८

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० माघ ३, १२: १८

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० माघ ३, १२: १८

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...