अबदेखि बजेटका सिद्धान्त र प्राथमिकता फागुन १५ भित्रै संसद्‌मा पेश हुने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अबदेखि बजेटका सिद्धान्त र प्राथमिकता फागुन १५ भित्रै संसद्‌मा पेश हुने

काठमाडौं । अबदेखि बजेटका सिद्धान्त र प्राथमिकता बजेट सार्वजनिक हुनु ३ महिनाअगावै संसद्‌‌मा पेश हुने भएको छ ।संशोधित व्यवस्थामा फागुन १५ भित्रै सङ्घीय संसद्‌‌मा सिद्धान्त तथा प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था गरिएको हो ।

सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधनअघि बजेट सार्वजनिक गर्नु १५ दिनअघि प्राधमिकता र सिद्धान्त पेस गर्नुपर्ने व्यवस्था थियो । संवैधानिक व्यवस्थाअनुसार सङ्घीय सरकारको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्छ ।
नयाँ व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षको बजेटको छलफल संसद्‌‌मा फागुन १५ गतेदेखि नै चर्चा हुने भएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ८, १३: २५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ८, १३: २५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ८, १३: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...