
काठमाडौं । अबदेखि बजेटका सिद्धान्त र प्राथमिकता बजेट सार्वजनिक हुनु ३ महिनाअगावै संसद्मा पेश हुने भएको छ ।संशोधित व्यवस्थामा फागुन १५ भित्रै सङ्घीय संसद्मा सिद्धान्त तथा प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था गरिएको हो ।
सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व ऐन २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
संशोधनअघि बजेट सार्वजनिक गर्नु १५ दिनअघि प्राधमिकता र सिद्धान्त पेस गर्नुपर्ने व्यवस्था थियो । संवैधानिक व्यवस्थाअनुसार सङ्घीय सरकारको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्छ ।
नयाँ व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षको बजेटको छलफल संसद्मा फागुन १५ गतेदेखि नै चर्चा हुने भएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...