
काठमाडौं । नेपाल–भारत सीमाको भारतीय बजार बथनाहामा अस्पताल सञ्चालन गर्दै आएका विराटनगरका रविनकुमार रायको व्यापारिक साझेदारहरूले नै हत्या गरेको आरोप परिवारले लगाएको छ । चौथो तलाबाट धकेलेर रविनको हत्या भएको परिवारको दाबी छ ।
घटना शनिबार साँझ ५ बजेतिरको हो । विराटनगर महानगरपालिका वडा नम्बर १० तीनटोलिया शान्तिचोक घर भएका रायको शनिबार बथानाहा वीरपुर चोकमा हत्या भएको भन्दै परिवारले भारतीय प्रहरीलाई उजुरी दिएका छन् ।
राय भारतको अररिया जिल्लास्थित बथनाहा वीरपुर चोकमा ‘विराट दिव्य दृष्टि जनरल हस्पिटल’ सञ्चालन गर्थे । अस्पताल पत्नी रानीकुमारी रायको नाममा दर्ता थियो । अस्पतालका अन्य केही साझेदारहरूले उनको हत्या गरेको आरोप पत्नी रानीले लगाएकी छन् ।
अस्पतालमा विराटनगरकै इमरान शेख भन्ने व्यक्ति पनि साझेदार थिए । इमरानको १८ लाख रुपैयाँ फिर्ता गरेर अस्पताल एकल साझेदारीमा सञ्चालन गर्ने क्रममा विवाद सुरू भएको थियो ।
फिर्ता गर्ने रकम आफूसँग नभएपछि रविनले विराटनगरकै खगेन्द्र थापासँग महँगो दरमा मिटरब्याजमा पैसा लिएका थिए । घटना भएको दिन शनिबार खेम थापासहित १० जना एउटा स्कार्पियोमा बथनाहास्थित अस्पतालमा आएको रानीले बताइन् । भारतमा घटना भएकाले नेपाल प्रहरीले उजुरी लिन नमानेको परिवारले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...