
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयता राम्रो व्यवस्था भएको बताएका छन् ।
मङ्गलबार ‘बुवा कृष्णप्रसाद कोइराला स्मृति सम्मान–२०८०’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सङ्घीयता राम्रो व्यवस्था हो, “तर, जसरी केन्द्रीकृत शासन व्यवस्था हामी चलाइरहेका छौँ, त्यसले सङ्घीयतामाथि प्रहार गरिरहेको छ र हामीलाई यो खराब हो भन्ने परिरहेको छ ।”
केन्द्रको अधिकारहरूलाई संविधानतः तल झार्न सकेको खण्डमा अहिले सङ्घीयता खराब हो भनेर व्याख्या गर्नेहरू नै सङ्घीयता ठीक हो भन्नेतिर लाग्ने नेता कोइरालाको ठोकुवा छ ।
उनले यस ढङ्गबाट सुशासन दिन नसकिएको बताउँदै, “भ्रष्टाचार दिनानुदिन बढिरहेको दण्डहीनताले पराकाष्ठा नाघिसक्यो यसको जवाफदेही कोही छैनन् , पारदर्शीको त कुरै भएन । अनि हामी के भन्छौँ भने हामी लोकतान्त्रिक गणतन्त्रमा छौं। यसलाई कसरी हामीहरूले राम्रो पार्नसक्ने ? त्यतातिर सबैको ध्यान जानु जरुरी छ,”।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...