कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयता राम्रो व्यवस्था हुँदाहुँदै केन्द्रीकृत शासन चलाउँदा समस्या – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयता राम्रो व्यवस्था हुँदाहुँदै केन्द्रीकृत शासन चलाउँदा समस्या

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयता राम्रो व्यवस्था भएको बताएका छन् ।

मङ्गलबार ‘बुवा कृष्णप्रसाद कोइराला स्मृति सम्मान–२०८०’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सङ्घीयता राम्रो व्यवस्था हो, “तर, जसरी केन्द्रीकृत शासन व्यवस्था हामी चलाइरहेका छौँ, त्यसले सङ्घीयतामाथि प्रहार गरिरहेको छ र हामीलाई यो खराब हो भन्ने परिरहेको छ ।”

केन्द्रको अधिकारहरूलाई संविधानतः तल झार्न सकेको खण्डमा अहिले सङ्घीयता खराब हो भनेर व्याख्या गर्नेहरू नै सङ्घीयता ठीक हो भन्नेतिर लाग्ने नेता कोइरालाको ठोकुवा छ ।

उनले यस ढङ्गबाट सुशासन दिन नसकिएको बताउँदै, “भ्रष्टाचार दिनानुदिन बढिरहेको दण्डहीनताले पराकाष्ठा नाघिसक्यो यसको जवाफदेही कोही छैनन् , पारदर्शीको त कुरै भएन । अनि हामी के भन्छौँ भने हामी लोकतान्त्रिक गणतन्त्रमा छौं। यसलाई कसरी हामीहरूले राम्रो पार्नसक्ने ? त्यतातिर सबैको ध्यान जानु जरुरी छ,”।

 

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ९, १६: ४४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ९, १६: ४४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ९, १६: ४४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...