
काठमाडौं । स्वतन्त्र मेयरहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले राष्ट्रियसभा निर्वाचन बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निर्वाचन बहिष्कार गरेका हुन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यसहित स्थानीय सरकारका प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षहरू मतदाता हुन्छन् । अरु स्थानीय सरकारका जनप्रतिनिधि मतदानस्थल पुगेर मतदान गर्दा स्वतन्त्र (दलविहीन) रूपमा निर्वाचित यी तीन मेयरहरू भने मतदानस्थल नै पुगेनन् ।
आउँदो फागुन २० गते २० जना राष्ट्रियसभा सदस्यहरूको कार्यावधि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअगावै निर्वाचन गराउनुपर्ने संवैधानिक प्रावधानअनुरूप बिहीबार (आज) मतदान भएको छ । तर, गत स्थानीय निर्वाचनमा स्वतन्त्ररूपमा निर्वाचित यी तीन मेयरहरू मतदान गर्न मतदानस्थल पुगेनन् ।
बिहीबार ९ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्धारित समय घर्किसकेको छ तर, कुनै पनि मेयर मतदान गर्न मतदानस्थल पुगेनन् । बालेनको बागमती प्रदेशको हेटौँडा, हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, र गोपालको सुदूरपश्चिमको धनगढी थियो ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...