राष्ट्रियसभा सदस्यको निर्वाचन परिणामपछि माओवादी केन्द्र पहिलो र कांग्रेस दोस्रो ठुलो दल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रियसभा सदस्यको निर्वाचन परिणामपछि माओवादी केन्द्र पहिलो र कांग्रेस दोस्रो ठुलो दल

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन परिणामपछि माथिल्लो सदनको संरचना परिवर्तन भएको छ । निर्वाचन परिणाममा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो दल र कांग्रेस दोस्रो ठुलो दल बनेका छन् ।

१९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भए। माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य सङ्ख्या यसअघि एमालेको सदस्य सङ्ख्या जति नै १७ पुगेको छ ।

माथिल्लो सदनमा यसअघि तेस्रो ठुलो दल रहेको ने पाली कांग्रेस १६ सदस्य सङ्ख्यासहित दोस्रो ठुलो दल बनेको हो । कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदैछ ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १२, ०९: ५४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १२, ०९: ५४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १२, ०९: ५४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...