काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन परिणामपछि माथिल्लो सदनको संरचना परिवर्तन भएको छ । निर्वाचन परिणाममा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो दल र कांग्रेस दोस्रो ठुलो दल बनेका छन् ।
१९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भए। माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य सङ्ख्या यसअघि एमालेको सदस्य सङ्ख्या जति नै १७ पुगेको छ ।
माथिल्लो सदनमा यसअघि तेस्रो ठुलो दल रहेको ने पाली कांग्रेस १६ सदस्य सङ्ख्यासहित दोस्रो ठुलो दल बनेको हो । कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदैछ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...