
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी फागुन महिनामा नेपाल भ्रमणमा आउने भएका छन्।
भारतमा हुने लोकसभाको चुनावअघि नै मोदी नेपाल भ्रमणमा आउने भएका हुन् । यही मार्च महिनामा भारतमा हुन लागेको लोकसभाको निर्वाचनअघि नै मोदी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्ममा नेपाल भ्रमणमा आउने भएको परराष्ट्र उच्च स्रोतले बतायो ।
परराष्ट्र मन्त्रालय स्रोतले मोदी नेपाल भ्रमणमा आउन लागेको तर, मिति र समय भने तय हुन वाँकी रहेको बतायो । यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...