
काठमाडौं । प्रतिनिधि सभाको परराष्ट्र सम्वन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको नेपालको संसदीय प्रतिनिधि मण्डलले भारतीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गरेको छ ।
विहीबार नेपाली सांसदहरुको प्रतिनिधि मण्डलले विहीबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय सरकारका विदेश मामिला राज्यमन्त्री भी.मुरलीधरनसँग भेट गरेको छ । भेटले नेपाल र भारतबीचको दुई पक्षिय सम्वन्ध सकारात्मक रहेको र संसदीय आदानप्रदानको निरन्तरताको महत्व रहेको विदेश मामिला राज्यमन्त्री मुरलीधरनले ट्वीट मार्फत जानकारी दिएका छन् ।
भारत भ्रमणमा रहेको सो प्रतिनिति मण्डलले भारतीय विदेशमन्त्री एस.जयशंकर र पर्यटनमन्त्री जी किशन रेड्डीसँग पनि भेटघाट गर्ने भएको छ।
सभापति यादवको नेतृत्वमा माघ १६ गते भारतीय लोकसभाको निमन्त्रणामा दिल्ली पुगेका सांसदहरुले आजै विदेशमन्त्री यस जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने त्यो भन्दा पहिले पर्यटन मन्त्री रेड्डीसँग भट्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा भएको सम्झौताको कार्यान्वयनको विषयमा संसदबाट कसरी सम्बोधन गर्न सकिन्छ र कार्यान्वयनमा देखिएका समस्या हल गर्ने लगायतका विषयमा कुराकानी हुने सभापति यादवले बताए ।
नेपालसँग देखिएको विमानस्थल विवादको बारेमा पनि संसदहरुसँग छलफल हुने बताइएको छ । दुई देशको बिचमा पर्यटन ओहर दोहर गर्दा देखिएका जटिलताहरुलाई नीतिगत रुपमा कसरी समाधान गर्ने त्यस विषयमा पनि सांसदहरुले छलफल गर्ने स्रोतले दावी गरेको छ ।
भारतमा नेपालीलाई त्यहाँको सिम कार्डको सहज उपलब्ध गराउने, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने, मानव बेचविखन तथा ओसारप्रसारको समस्यालगायतका विषयमा पनि नेपाली सांसदले कुरा राख्ने भएका छन् ।
पहिलो दिन नयाँदिल्लीस्थित नेपाली राजदूत डा.शंकरप्रसाद शर्मासँग छलफल गरेका प्रतिनिधि मण्डलले भारतीय लोकसभाका सभामुख, लोकसभाका विदेश मामिला समितिका सभापतिसँग भेटघाट गरिसकेका छन् ।
विदेशमन्त्री एस.जयशंकरसँग भेटघाट गरिसकेपछि सांसदहरुको टोली आजै गोवाका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको बुझिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...