कांग्रेसद्वारा महासमितिका लागि प्रचार, आवास, भोजनसहित आठ उपससमित गठन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेसद्वारा महासमितिका लागि प्रचार, आवास, भोजनसहित आठ उपससमित गठन

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि शुरु हुने पार्टीको महासमिति बैठकको तयारी लागि विभिन्न आठ वटा उपसमिति गठन गरेको छ ।

महासमिति बैठक तयारी मूल समितिका संयोजक एवम् पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मिन बहाुर विश्वकर्मालाई प्रचार प्रसार उपसमिति, केन्द्रीय सदस्य मदनबहादुर अमात्यलाई आवास समन्वय उपसमिति, केन्द्रीय सदस्य उदय शम्शेर राणालाई भोजन व्यवस्थापन उपसमिति र केन्द्रीय सदस्य धना खतिवडालाई यातायात व्यवस्थापन उपसमिति संयोजक तोकेका छन् ।

राष्ट्रिय सभा सदस्यको लागि माघ ११ गते भएको निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका केन्द्रीय सदस्य जीतजंग बस्नेतलाई स्वयंसेवक परिचालन उपसमिति, केन्द्रीय सदस्य उर्मिला नेपाल केसीलाई स्वास्थ्य समन्वय उपसमिति, बागमति प्रदेश कांग्रेसका सभापति  ईन्द्रबहादुर वानियाँलाई प्रदेश समन्वय र ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई स्थानीय व्यवस्थापन उपसमिति संयोजक तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० माघ २१, १९: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० माघ २१, १९: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० माघ २१, १९: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...