सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

सियोल । दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबिच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट गरिएको भनी दाबी गरेको एकीकरण (मर्जर) को माध्यमबाट ‘शेयरधारक’हरूलाई हानि पुर्याउने मनसायलाई मान्यता नदिएको ठहर गरेको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतको फैसलामा ‘लीको नियन्त्रणलाई बलियो बनाउनु र उनको उत्तराधिकार सुनिश्चित गर्नु मर्जरको एकमात्र उद्देश्य नभएको’ ठहर गरिएको छ ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको फैसलाले सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबिच भएको मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचार लगायत विभिन्न आरोपबाट लीलाई सफाइ दिएको हो ।

‘आजको फैसलाले एकीकरणका क्रममा कम्पनीहरूको शेयर विभाजन वैध थियो भन्ने ठहर गरेको छ । हामी अदालतको विवेकपूर्ण निर्णयका लागि हार्दिक धन्यवाद दिन्छौँ,’ लीका वकिलद्वारा जारी संक्षिप्त वक्तव्यमा भनिएको छ ।

आलोचकहरूले सन् २०१५ को अधिग्रहणले जानीजानी निर्माण फर्मको शेयर मूल्यलाई कम मूल्याङ्कन गरेको यसको शेयरधारकहरूलाई अनुचित रूपमा प्रभावित पारेको दाबी गरेका थिए ।

उच्चस्तरीय जालसाजी र अनियमितताको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका ली सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्ष हुनुहुन्छ । योनहापको एक रिपोर्टका अनुसार यस सम्झौतामा सामसुङको सी एण्ड टीको तीन वटा शेयर बजारीकरण शेयरको लागि प्रस्ताव गरिएको थियो ।

अभियोजन पक्षले नोभेम्बरमा आफ्नो अन्तिम बहसमा कम्पनीहरूको शेयर विभाजन प्रक्रियामा समूह प्रमुखको सहज उत्तराधिकारको लागि ‘केही अवैध कार्यहरू अवलम्बन गरिएको उल्लेख गरिएको थियो ।

‘कम्पनीका मालिक समूहहरूलाई व्यक्तिगत स्वार्थ पूरा गर्न अनुमति दिने संरचना कोरियाको बढ्दो छुटको सबैभन्दा ठुलो कारण हो’, अभियोजन पक्षले दक्षिण कोरियाली व्यवसायहरूको कथित विश्वव्यापी अवमूल्यनलाई सङ्केत गर्दै भनेको छ, “देशको नम्बर एक कम्पनी सामसङले यो काम गरेकोमा हामी निकै दुःखी छौँ ।’

लीले अदालतमा आफू ‘मर्जरमा व्यक्तिगत स्वार्थ’ बाट प्रेरित नभएको बताएका थिए। “मैले अन्य शेयरधारकहरूलाई क्षति पुर्‍याउने खर्चमा मेरो हिस्सेदारी बढाउने कल्पना गरेको थिइन,” योनहापले उनको दाबीलाई उद्धृत गर्दै लेखेको छ ।

एक पर्यवेक्षकले एएफपीसँग कुरा गर्दै लीलाई ‘फ्रि पास’ दिइएको भन्दै अदालतले उनलाई सफाइ दिएकोमा आफूहरू स्तब्ध भएको बताउन् छन् ।

नागरिक समूह ‘सिटिजन्स कोलिशन फर इकोनोमिक जस्टिस’का निर्देशक ओह से–ह्युङले भने, “अदालतले लीविरुद्ध केही प्रमाणहरू उचित प्रक्रिया बिना नै सङ्कलन गरिएको आधारमा आफ्नो निर्णयलाई आधार बनाएको देखिन्छ ।

ओहले भने, “तर यसले मात्र लीलाई स्वतन्त्र सफाइ दिनु हुँदैनथ्यो । अभियोजन पक्षले उनलाई जबाफदेही बनाउन सक्दो प्रयास गरेको छ, कि छैन भन्नेमा मलाई शङ्का लागेको छ । मुद्दाबारे पहिलो पटक सुनुवाइ भएको करिब तीन वर्षपछि यो फैसला आएको हो ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८० माघ २२, १५: ३२

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८० माघ २२, १५: ३२

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...

वीरगन्जमा आज पनि निषेधाज्ञा
वीरगन्जमा आज पनि निषेधाज्ञा
  • २०८० माघ २२, १५: ३२

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...