कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । कोशी प्रदेश सरकारले सत्तारुढ र प्रतिपक्षी नेताहरुलाई सुविधा थप्ने गरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्र प्रसाद दंगालले उक्त अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पदाधिकारीको संख्या बढाउँदै उनीहरुलाई गाडीसहित सुविधा थप्ने गरी अध्यादेश ल्याएको थियो ।

प्रदेश सरकारले ल्याएको उक्त अध्यादेशलाई लिएर नेकपा (एमाले) विरोध गरेको थियो । एमालेले अध्यादेश फिर्ता नलिए प्रदेश सभाबाट फेल गराउने चेतावनीसमेत दिएको थियो ।

रिट निवेदनमा कोशी प्रदेश सरकारबाट सिफारिश भई कोशी  प्रदेश प्रमुखबाट गत माघ ६ गते जारी भएको केहि प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा २ को खण्ड (ख) उक्त अध्यादेशको प्रस्तावना, उक्त अध्यादेशबारे कोशी प्रदेश राजपत्रमा प्रकाशित सूचना, प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचना लगायत सो सम्बन्धमा भए गरेका सम्पूर्ण काम कारवाहि प्रारम्भदेखि नै अमान्य घोषित गरी उत्प्रेषणको आदेशले बदर घोषणाको माग गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० माघ २२, १५: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० माघ २२, १५: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० माघ २२, १५: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...