वुढाथोकीको निधनमा शोक– तीन दिनसम्म पार्टीका औपचारिक कार्यक्रम स्थगित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कांग्रेस केन्द्रीय कार्यसमितिको आकश्मिक बैठकको निर्णय

वुढाथोकीको निधनमा शोक– तीन दिनसम्म पार्टीका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा पार्टीले तीन दिनसम्म पार्टीका सबै औपचारिक कार्यक्रमहरु स्थगित गरेको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकश्मिक बैठकले बुढाथोकीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैृ आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते निधन भएको थियो।

वि.सं. २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मिएका बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

स्वर्गीय बुढाथोकीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले माघ २३, २४ र २५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्वनिर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो ।

माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने निर्णय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० माघ २३, १७: ४५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० माघ २३, १७: ४५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० माघ २३, १७: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...