संसदीय समितिद्वारा युपीकी राज्यपाल पटेल र मुख्यमन्त्री योगीसँग भेटघाट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संसदीय समितिद्वारा युपीकी राज्यपाल पटेल र मुख्यमन्त्री योगीसँग भेटघाट

काठमाडौं । संघीय संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सोमबार छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश (युपी) राज्यकी राज्यपाल श्रीमती आनन्दीबेन पटेलसँग भेट वार्ता गरेको छ ।

समितिका सभापति यादव नेतृत्वमा गएको ११ सदस्यीय प्रतिनिधि मण्डलले उत्तरप्रदेशको राजधानी लखनउको राजभवनमा सोमबार आयोजित एक विशेष समारोहबीच राज्यपाल पटेलसँग भेटघाट गरेको राज्यपाल सचिवालयले ट्वीट गरी सो जानकारी दिएको हो।

सो प्रतिनिधि मण्डलले सोमबार नै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले लखनउस्थित सरकारी निवासमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली सांसदहरूसँग भेटवार्ता भएको पुष्टि गरेका छन् । सामाजिक सञ्चालमा तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्री आदित्यनाथले भगवान पशुपतिनाथ तथा छिमेकी देशबाट आएका सांसदगणसँग भेटवार्ता भएको उल्लेख गरेका छन् ।

हेर्नुस् तस्वीरहरु –

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० माघ २३, १८: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० माघ २३, १८: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० माघ २३, १८: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...