न्यायपालिका सबैभन्दा भ्रष्ट र परिवर्तनविरोधी बनेको छः सांसद – Naya Bikalpa
February 21, 2024, Wednesday
प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसदको आक्रोस

न्यायपालिका सबैभन्दा भ्रष्ट र परिवर्तनविरोधी बनेको छः सांसद

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा एक सांसदले राज्यका प्रमुख तीन अङ्गमध्ये न्यायापालिका सबैभन्दा भ्रष्ट र परिवर्तन विरोधी भएको जनाउँदै अक्रोस व्यक्त गरेकी छन्।

सत्तारुढ नेकपा (माओबादी केन्द्र)की सांसद उर्मिला माझीले बुधबार सदनको शुन्य समयमा आफ्नो मन्तव्य राख्दै राज्यका प्रमुख अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकामध्ये न्यायपालिका सबैभन्दा भ्रष्ट र परिवर्तनविरोधी जस्तो बनेको बताएकी हुन्।

‘सुशासन कायम गर्ने सरकारको काममा न्यायलय वाधक बनेको छ’, सांसद माझीले भनिन्, ‘जव फायल अदालतमा पुग्छ तव न्याय मर्छ र भ्रष्टले जित्छ भन्ने कुरा स्थापित भएको छ।’

उनले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड र अहिले वाँसबारी छालाजुत्ता काण्डसम्म त्यही अवस्था देखिएको दाबी गरिन्।

उनले अदालतप्रति आक्रोस पोख्दै भनिन्, ‘त्यति मात्र होइन, सर्वसाधरण जनता न्याय माग्न जाँदा सर्वोच्च पुग्यो भने बर्षैंसम्म न्यायाको पखाईमा लाग्दा हजुरवुवादेखि नाती पुस्तासम्म धाइरहनु पर्ने अवसथा छ।’

सांसद माझीले न्यायलयलाई बहुपक्षिय र पहुँचविहिनहरुको संस्था बनाउन के गर्ने हो भन्ने विषयमा सदनको गम्भीर ध्यानाकर्षण् गराइन् ।

 

सम्बन्धित समाचार

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० माघ २४, १४: ३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० माघ २४, १४: ३३

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०८० माघ २४, १४: ३३

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...