अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश आचार्यलाई मुगु सरुवा – Naya Bikalpa
July 24, 2024, Wednesday
न्यायाधीश आचार्य अपराधी भएको सांसदको आरोप

अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश आचार्यलाई मुगु सरुवा

 

काठमाडौं– बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा निजी कम्पनीको स्वामित्वमा ल्याएर राज्यको सम्पति हिनामिना गरेको आरोप लागेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनालाई रिहा गर्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला न्यायाधीश आचार्यलाई कारबाही स्वरुप दुर्गम जिल्ला, मुगु सरुवा गरेका हुन्। मुगु जिल्ला अदालतका न्यायाधीश रमाकान्त अधिकारीलाई सिन्धुली सरुवा गरिएको न्याय परिषद्ले जनाएको छ।

बाँसबारी कारखानाको जग्गा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत माघ १८ गते चौधरीसहित सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी कम्पनीका अध्यक्ष अजितनारायणसिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।

तर, गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो।

यसरी प्रहरीलाई अनुसन्धान कार्य पुरा नगर्दै रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यलाई सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले अपराधीको संज्ञा दिएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिने न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन्।

उनले भने, ‘आज भ्रष्टाचारीलाई कारबाही गर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति छ। कार्यपालिकाले गरेका कामहरूलाई हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ। अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीशलाई मुगुमै किन सरुवा गर्नुप¥यो? त्यो अनैतिक, भ्रष्टाचारी र अपराधीलाई दण्ड दिएर कारबाही गर्नुपर्दथ्यो।’

राष्ट्रको शत्रु भ्रष्टाचार भएको बताएका उनले पक्ष र प्रतिपक्ष नभनि भ्रष्टाचार निवारणमा एक भएर लाग्नुपर्नेमा जोड दिँदै एक शक्तिशाली आयोगको माग उनले गरे।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० माघ २९, १८: २३

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० माघ २९, १८: २३

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० माघ २९, १८: २३

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...