
काठमाडौं। सिंहदबारको पूर्वी भाग अनामनगरको विद्युतको पोलमा आगालागी हुँदा सो क्षेत्रमा करिव तीन घण्टाबढी विद्युत आपूर्ती बन्द भएको छ ।
अनामनगर पूर्वीगेटबाट हनुमानथान जाने टंकप्रसाद आचार्य घुम्तीसडकको श्रम अदालत कार्यालय छेउको विद्युत पोलमा विद्युत सर्ट भई आगालागी भएको हो।
विद्युतको पोलमा लागेको आगो निभाउन जुद्ध वारुण यन्त्रको दमकल प्रयोग गरिएको थियो ।
श्रम अदालत, काठमाडौं उपत्यका खानेपानी लिमिटेटको आयोजना कार्यान्वयन निर्देशनालय लगायत विभिन्न बैंक तथा वित्तिय संस्था र संचार कार्यालयका काम प्रभावित भएका थिए ।
विद्युत प्राधिकरणका प्राविधिकहरुले करिव तीन घण्टाको प्रयासपछि मात्र अनामनगर क्षेत्रमा विद्युत आपूर्ती वितरण भएको थियो ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...