काठमाडौं । पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पैदल यात्रा गर्दै राजधानी आइपुगेका मिटरब्याज पीडितले सरकारसँग न्याय माग गरेका छन्। साहुबाट शारीरिक, मानसिकसहित अन्याय सहँदै आएका उनीहरूले कानुन संशोधनको माग गरेका छन् ।
मिटरब्याज पीडितको समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गरे पनि त्यसले झनै अन्यायमा पारेको उनीहरूको गुनासो छ।
सिंहदरवारसम्मै पैदल मार्चपास गर्ने योजना बुनेर आएका उनीहरू शुक्रबार भृकुटीमण्डमै रोकिएका थिए। प्रहरीले निषेधित क्षेत्र भन्दै त्यहाँबाट अगाडि बढ्न दिएन। सडकमै बसेर नाराबाजी गरेका
उनीहरू साँझ भृकुटिमण्डस्थित प्रदर्शनी हलको ताला फोडेका छन् । सुरक्षित रात कटाउनुपर्ने माग गरे पनि प्रशासनले नसुनेपछि ताला फोडेर बसेको पीडितहरूले बताएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...