काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ विरुद्ध लड्न लिएकाे ऋण तिर्न अहिले ठूलो परिमाणमा ऋण नै लिनुपर्ने अवस्था सिर्जना भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै ऋणको सावाँ–ब्याज भुक्तानीका लागि थप १ खर्ब ऋण आवश्यक परेकाे बताए । अगामी आवमा सरकारले वित्तीय व्यवस्था (ऋणको सावाँ–ब्याज भुक्तानी) गर्न करिब सवा ४ खर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने उनकाे भनाइ छ ।
चालु आवमै सरकारले त्यो शीर्षकमा ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसभन्दा १ खर्ब रुपैयाँ थप विनियोजन गर्दा त्यो ४ खर्ब ७ अर्ब रुपैयाँभन्दा बढी हुनेछ भन्दै सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशी दातासँग ३ खर्ब ८७ अर्ब रुपैयाँ सहयोग सम्झौता गरेको थियो ।
यस हिसाबले सरकारले पुनर्निर्माणका लागि वैदेशिक ऋण नै २ खर्ब ३२ अर्ब लिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...