कोेरोनाबाट छैठौं व्यक्तिको निधन ५२ जिल्लाका १ हजार २ सय १२ मा संक्रमण – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कोेरोनाबाट छैठौं व्यक्तिको निधन ५२ जिल्लाका १ हजार २ सय १२ मा संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट छैठौं व्यक्तिको निधन भएको छ भने ५२ जिल्लाका एक हजार २ सय १२ जना संक्रमित भएका छन् । पछिल्लो दुई दिनदेखि नेपालमा कोरोना संक्रमितको सख्या दुई अंकबाट बढेर तीन अंकमा उकालो लागेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र नेपालमा १ ससय ७० जनामा संक्रमण पुष्टी भएको छ । जसअनुसार पुरुष १ सय ६५ र महिला ५ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भारतबाट भर्खरै नेपाल आएका र जेठ १० गते मृत्यु भएका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाका ३४ वर्षे पुरुषमा कोरोनाको संक्रमणको पुष्टी भएको हो । उनको मृत्यु पछि ११ गते स्वाव परिक्षण गरिएको थियो भने रिपोर्ट विहीबार मात्र आएको थियो ।
नेपालमा कोरोनाका कारण मृत्यु भएका ६ जनामध्ये ५ जनाको कोरोना संक्रमणको पुष्टी मृत्युपछि मात्र भएको छ । गुल्मी मदानेका एक पुरुषको मात्र रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा स्वाव परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनको पनि संक्रमण पुष्टी भएको केही दिनमै मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार झापामा आज २८ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । २८ जनामध्ये २४ जना झापाको कचनकवल गाउँपालिकाका र १ जना भद्रपुरका रहेका छन् । सप्तरीको राजविराजका ४ जना, बाराको प्रसौटाका ४ जना, पर्षाको पोखरियामा ४ जना र जिराभवानीमा १ जनामा संक्रमण पुष्टी भएको छ ।
सर्लाहीमा १ महिला, म्याग्दीको मालिकामा १ पुरुष, वाँकेको दुध्वामा १० पुरुषमा संक्रमण पुष्टी भएको छ । कपिलबस्तुको यसोधरास्थित भृकुटी मावि क्वारेन्टाइनका २३, कपिलबस्तु नगरपालिकाका ४, गौतमबुद्ध माविका १५ र विजयनगरका ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
नवलपरासी पूर्वका २ जना, रौतहटको राजपुर फरहथवाको डुमरियाका र्२ बालिकासहित ५६ जना, सर्लाही मलंगवाका ४ जना, रुपन्देहीको सैनामैनाका १ जना, दाङको गढवाका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ जेष्ठ १६, १७: ३५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ जेष्ठ १६, १७: ३५

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७७ जेष्ठ १६, १७: ३५

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...