
काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले कोशी प्रदेशको धरानस्थित विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ।
मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले नजिकै विराटनगरमा विमानस्थल रहेकाले धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने जनाएको छ।
तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ।
आर्थिक विश्लेषणबाट हेर्दा सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत विमानस्थल धरानमा सम्भव नरहेको प्राधिकरणले जनाएको हो।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पटक–पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए। उनले काठमाडौं आएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने माग गरेका थिए।
मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...