
काठमाडौं। छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई तोड्दै काठमाडौंस्थित बल्खुका तीन दिदी–बहिनी सीता,रीता र ईभाले आफूहरु नै त्यो जिम्मेवारी बहन गरेका छन्।
बुबाको निधनपछि उनीहरू अन्तिम संस्कारका लागि घाटसम्म पनि गएका थिए। आमासँगै तीन छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन्।
उनीहरूले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका थिए। रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको सीताले बताइन्।
‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता छ,’ उनले भनिन्, ‘बुबाका ४ सन्तानमध्ये भाई रोजगारीको क्रममा विदेशमा छ, उसले घर आउने विदा पाएन। बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै भाइ नभए हामी नै किरिया बस्ने निर्णय गरेका हौं।’
बुवाको किरिया गरेर आफूहरूले पितृसत्तात्मक समाजलाई चुनौती दिएको रीताले बताइन्। ‘बाबुआमाका लागि सन्तान सधैं बराबर हुन्छन्,’ उनले भनिन्, ‘बुवाले हामीलाई छोरासरह माया गरेर हुर्काउनु भयो, त्यसैले छोरासरहकै जिम्मेवारी पूरा गर्न किरिया सुरु गरेका हौं ।’
बाबुको किरिया गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ। समाज परिवर्तनशील भएकाले धार्मिक परम्परालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने उनले बताइन्।
सानु थापा २००९ सालमा जन्मिएर चोभारस्थित हिमाल सिमेन्टमा काम गरी बल्खुमा स्थायी बसोबास गरिरहनु भएको पुरानो बासिन्दा थिए। तीन छोरी सीता रिता र इभा, छोरा राजु थापा अनि श्रीमतीसँग खुसीसाथ जीवन बिताइरहेका थिए।
कुमारी क्लबभित्र बसोवास गर्ने सानु थापा सबैसँग मिलनसार सहयोगी व्यक्ति थिए। क्यान्सरको बिरामी भएपछि उपचारको क्रममा पाटन अस्पतालमा गत माघ २८ गते उनको निधन भएको थियो।
विरामी भएदेखि बुबालाई अस्पताल लैजाने र ल्याउनेदेखि सम्पूर्ण काम दुई छोरीले नै गरेका थिए। नेपाली समाजमा प्रायः छोराले नै आमाबुबाको काजकिरिया गर्ने चलन छ।
दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका छन्। तीनै जना सहासी छोरीहरुलाई सलाम छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...