सुनसरी । इटहरीको एक घरमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका(६ स्थित वीपी चोकमा मध्यराति ११:४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५२ वर्षीया गीतामाया कटवाल रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले बताए । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन । दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...
काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...