एमाले र रास्वपासहित ३ मन्त्रीले खाए सपथ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कांग्रेसका ९ सहित २२ जना मन्त्रीलाई घोक्रेठ्याक

एमाले र रास्वपासहित ३ मन्त्रीले खाए सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेपाली कांग्रेसका ९ सहित २२ मन्त्रीलाई वर्खात गरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित तीन जना लाई मन्त्रीमा नियुक्त गरेका छन्।

मन्त्रीमा नियुक्त तीन जनालाई आहिले साँझ राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति शितलनिवासमा ती मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी, नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याललाई सपथ खुवाएका हुन् ।

गत वर्ष २०७९ पुस ११ गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले मौजुदा मन्त्रिपरिषद्मा नयाँ तीन मन्त्रीलाई नियुक्तिसँगै सपथ गराए पछि अन्य २२ जना मन्त्रिमण्डका सदस्यहरु वर्खास्तमा परेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसको मुख्य साझेदारीमा चलेको सरकारको समिकरण पनि परिवर्तन भएको छ ।

प्रचण्डको यो अप्रत्यासित निर्णयसँगै नेपाली कांग्रेसका एक उपप्रधानमन्त्री र आठ मन्त्रीसहित ९ जना, माओबादी केन्द्रका एक उपप्रधानमन्त्री चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ जना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का दुई जना, जनता समाजबादीका २ जना, लोकतान्त्रिक समाजबादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका एक एक मन्त्री वर्खास्तमा परेका हुन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २१, १८: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २१, १८: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन २१, १८: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...