
काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) ले गठबन्धन नेपाली कांग्रेससँग मात्रै गर्न मिल्छ भनेर कहाँ लेखिएको छ ?भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गरेपछि बिहीबार बसेको संसद् बैठकमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसो भन्दै कांग्रेसप्रति प्रश्न गरे ।
“संविधानले दिएको अधिकार हामीले प्रयोग गर्न पाउँछौँ कि पाउँदैनौँ ? त्यसो भए त सहकार्य र गठबन्धन केवल कांग्रेससँग मात्रै गर्न पाइन्छ भनेर लेख्नुपर्थ्यो नि संविधानमा,” उनले भने ।
अगाडि उनले भने, “कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने छैन । सक्छन्, ०८४ को निर्वाचनमा हेर्दै गर्नुहोला । यस्तै परिदृश्य दोहोरिँदैन । अहिले कुनै दलले बहुमत प्राप्त गर्न सकेन । त्यस्तो अवस्थामा संविधानले नै व्यवस्था गरेको छ । दलहरूबीच सहकार्य हुन्छ, सरकार निर्माण गर्छन् ।”
पौडेलभन्दा अघि बोलेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले गठबन्धनका मूल्य–मान्यताविपरीत गठबन्धन तोडेको बताएका थिए ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...