मिटरब्याज पीडितहरूको निश्चित ऋण सरकारले मिनाहा गर्नुपर्छः भट्टराई – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मिटरब्याज पीडितहरूको निश्चित ऋण सरकारले मिनाहा गर्नुपर्छः भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितहरूको निश्चित ऋण मिनाहा गर्नुपर्ने बताएका छन्।

मिटरब्याज पीडितहरूको आन्दोलनमा बिहीबार सहभागी भएका भट्टराईले सरकारले मिटरब्याज पीडितका निश्चित ऋण मिनाहा गर्नुपर्ने बताए।

उनले जनयुद्धका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।

लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन पनि उनले आग्रह गरेका छन्।

नेपालका बैंकहरुमा ६० खर्ब पैँसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई बाँड्न आँट गर्नुपर्ने उनको भनाइ छ।

मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पनि उनले आग्रह गरेका छन्।

‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन्। पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो। तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई के–ले रोकेको छ? भन्दै प्रश्न गरे ।

भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो पार्टीको तर्फबाट पूर्ण समर्थन रहेको बताए।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २४, १६: ४०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २४, १६: ४०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २४, १६: ४०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...