
चितवन । चितवन नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने भएको छ । भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको छ ।
चितवनमा बसेको केन्द्रीय समितिको बैठकले ६ बुदे निर्णय गरेको छ । बैठकले महाधिवेशनको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । नयाँ विधान अनुसार अहिलेसमम भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन गरेको छ । तेस्रो अधिवेशन सम्पन्न गराउन महासंघको विधान भाग ५ अनुसार २५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको ।
फागुनको १ र २२ गते नेपाली काँग्रेस चितवनको पार्टी कार्यालयमा बैठक बसेको थियो । बैठकले महासंघको संगठन सुदृढिकरण अभियानका लागी मेची–महाकाली लोकतान्त्रिक एकल सांगीतिक कार्यक्रम गर्ने भएको छ । यसका लागी विमलराज क्षेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।
महांघलाई चलाएमान बनाउनका लागी पाँच सदस्यीय विशेष समिति गठन गरेको छ । अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति , गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति , प्रभातमणी आझोको संयोजकत्वमा आर्थिक समिति , विपिन किरणको सयोजकत्वमा कार्यक्रम संयोजन समिति , विभिन्न विधागत संघसंस्था समन्वय समितिको संयोजकमा शर्मिला बोहोरा रहेको समिति गठन गरेको हो ।
त्यस्तै सामाजिक संजाल मार्फ महासंघको नेतृत्व एवं सदस्यका विषयमा चरित्र हत्या गर्ने , लाञ्छना लगाउनेलाई कारवाहीका लागी अनुशासन समितिमा सिफारिस गर्ने निर्णय भएको अनुशासन समितिका संयोजक अर्जुन गिरीले बताए ।
महासंघले विभिन्न विधा मार्फत काँग्रेसको नीति , उदेश्य र उपलब्धिका वारेमा अभियान मार्फत देशभरी संचालन गर्ने निर्णय भएको समेत गिरीले बताए । महासंघको विधान संसोधन तथा परिमार्जन गर्नका लागी कृष्णगोपाल केसीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...