दमौली । ५० घरधनीले पहिलो किस्ताको मुआब्जा बुझेका छन् । कुल ७० वटा घर भत्काउनुपर्ने भएपछि पहिलो किस्ता बापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन थालेका छन् ।
पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ।
सडक दायाँबायाँ २३,२३ मिटर चौडा हुनेछ भने दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ। राजमार्गका क्षेत्रमा भने चार लेनको सडक बनाइनेछ।
आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दुरीमा कालोपत्र गरिएको इञ्जिनियर विष्णु पाण्डेले बताए । उक्त सडकअन्तर्गत चार लेनको १२ किमी र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको हो ।
पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दुरी छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको हो।
सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको मुग्लिन पोखरा सडक आयोजनाका इञ्जिनियर नारायण पौड्यालले कताए । २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ।
काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...
काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...