पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी

काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ चार हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको हो ।

बिहीबार देखि नै पशुपति क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी परिचालित भएका काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । गएराति १० बजेदेखि परिचालित सुरक्षाकर्मी फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

आपतकालीन उद्धार टोली र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मैनालीले जानकारी दिए ।

यसैबीच शिवरात्रीको अवसरमा सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

 

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २५, १३: ४९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २५, १३: ४९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २५, १३: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...