काठमाडौँ । सरकारले डट एनपी दर्ता गर्न शुल्क प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक‘को मस्यौदामा डट एनपी डोमेनलाई सरकार मातहत ल्याउन प्रस्ताव गरेको हो ।
हाल डट एनपीको व्यवस्थापन निजी कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गरिरहेको छ । विधेयकको मस्यौदामा यस्तो डोमेन नेम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने उल्लेख छ ।
मस्यौदा विधेयकअनुसार कुनै पनि व्यक्ति वा संस्थाले डट एनपी डोमेनमा नेम दर्ता गराउँदा सूचना प्रविधि विभागले तोकेको संस्थामा तोकिएअनुसारको दस्तुर बुझाउनुपर्ने छ । यसरी दर्ता भएको डोमेन नेम अन्यले प्रयोग गर्न नपाउने प्रस्ताव पनि गरिएको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...