धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सोमबार नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका शाहले शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरे ।
कैलाश चौधरीलाई राज्यमन्त्रीबाट हटाएका उनले घनश्याम चौधरीलाई आर्थिक मामिला र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।
रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । सोमबार लक्ष्मणकिशोरले मन्त्रीको सपथ लिएपछि नाउपाका ७ मध्ये ५ सांसद सरकारमा पुगेका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...