विश्वासको खडेरी परेका बेला प्रधानमन्त्री विश्वासको मत माग्दै हुनुहुन्छः महामन्त्री शर्मा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विश्वासको खडेरी परेका बेला प्रधानमन्त्री विश्वासको मत माग्दै हुनुहुन्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विश्वासको खडेरी परेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासकै मतका लागि अपिल गरेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत दिन राखिएको प्रस्तावमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले देशमा अहिले सबैभन्दा बढी धरापको अवस्थामा विश्वास रहेको उल्लेख गरे ।

उनले भने, ‘नागरिक कर्मचारीप्रति, विद्यार्थी शिक्षकप्रति, बिरामी चिकित्सकप्रति, बजार गएको उपभोक्ता व्यापारीप्रति र आामनागरिक राजनीतिप्रति विश्वस्त छैनन् । यहीँ विश्वासको महाखडेरी परेका बेला प्रधानमन्त्री विश्वासको मत माग्न आउनु भएको छ । गजब चै के छ भने उहाँ वर्षमा एक पटक हैन तीन पटक विश्वासको मत माग्नु हुन्छ र अचम्म प्राप्त पनि गर्नुहुन्छ ।’

सम्बोधनका क्रममा महामन्त्री शर्माले कोशी प्रदेशमा माओवादीका उम्मेदवार पराजित भएको विषयमा भएको धोकाबारे नेपाली कांग्रेसले आफ्नो गल्ती स्वीकार गरेको उल्लेख गर्दै माओवादीले दिएको धोकाबारे कहिँकतै उल्लेख नभएको जिकिर गरे ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ३०, १३: ०१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ३०, १३: ०१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३०, १३: ०१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...