
काठमाडौं । सत्ता गठबन्धनमा नेकपा एमाले सामले हुने वित्तिकै सरकारले प्रदेश प्रमुखमा नियुक्त भएका तीन जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सपथ खुवाएका छन् ।
नेकपा एमाले निकट भनेर चिनिएका सुमित्रा भण्डारीलाई मधेश प्रदेशको, डिल्लीराज भट्टलाई गण्डकी प्रदेशको र नजरि मियाँलाई सुदूरपश्चिम प्रदेशको प्रमुखमा सरकारले सिफारिस गरेको थियो ।
बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा पदमुक्त गरेका थिए।
राष्ट्रपति निवास शितलनिवासमा भएको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे र राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...