सहकारी पीडितले र्‍यालीसहितको प्रदर्शन गर्ने – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

सहकारी पीडितले र्‍यालीसहितको प्रदर्शन गर्ने

काठमाडौं।देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन्।

चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन्।

पीडितहरुले आजको प्रदर्शनका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्‍याली निकालेर पाँचै टोली सुन्धारामा भेला हुने तय छ। त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरुले कोणसभा गर्ने कार्यक्रम छ।

सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ।

काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौ देखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०८० चैत्र १, १०: २३

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०८० चैत्र १, १०: २३

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०८० चैत्र १, १०: २३

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...