खानेपानीमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

खानेपानीमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानीमा भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

खानेपानी मर्मत योजनाको नाममा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, अध्यक्ष धनलाल चौलागाईंसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मर्मतको योजनामा पाँच लाख १५ हजार १०८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शाही, अध्यक्ष चौलागाईं, इन्जिनियर रुद्रबहादुर वली र लेखापाल धर्मवीर पल्लीमगर छन् ।

सब इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा, कोषाध्यक्ष बिरकुल्ली बुढा र चंखेली–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीबिरुद्ध पनि मुद्दा हालिएको छ ।

चंखेली–३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका निम्ति आर्थिक वर्ष २०७४–७५ मा छुट्टाइएको पाँच लाख १५ हजार १०८ रुपैयाँ अनियमितता गरेको अख्तियारले ठहर गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १, १७: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० चैत्र १, १७: २२

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १, १७: २२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...