पोखरा विमानस्थलको सम्पूर्ण ऋणलाई अनुदानमा बदल्ने प्रधानमन्त्रीको दाबी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पोखरा विमानस्थलको सम्पूर्ण ऋणलाई अनुदानमा बदल्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन छिमेकी मित्रराष्ट्र चीन भ्रमणको क्रममा एउटा समझदारी बनेको बताएका छन् ।

ऋणको सन्दर्भमा २५ प्रतिशत अनुदानमा बदल्न सकिन्छ कि भन्ने सम्भावना मात्रै होइन, सम्पूर्ण ऋणकै बारेमा पनि आफ्नो ध्यान रहेको ‘प्रचण्ड’को भनाइ थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ऋणमा डुबायो भनेर व्याख्या गर्ने गरिएको बताउँदै ‘प्रचण्ड’ले यो एउटा ऐतिहासिक काम भएको दाबी गरेका छन् ।

‘आज मैले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछु, यो सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व र भूमिका अझ धेरै स्थापित हुन्छ भन्ने पनि विश्वास छ,’प्रधानमन्त्रीले भने, ‘त्यसकारण मेरो ध्यान छ, नियमित उडान भर्ने वातावरणका लागि पनि ऋणको व्यवस्थापनको बारेमा पनि । मेरो ध्यानमात्रै होइन, मैले सम्भावना देखेको छु ।’

२२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको विमानस्थलले ब्याज तिर्न पनि नसक्ने अवस्थाले पोखरेलीलाई चिन्तित बनाएको भन्दै व्यवसायी विश्वशंकर पालिखेले पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० चैत्र ४, १३: ३१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० चैत्र ४, १३: ३१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ४, १३: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...