युक्रेनले बन्दी बनाइएका पाँचजना नेपालीलाई सार्वजनिक गर्यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

युक्रेनले बन्दी बनाइएका पाँचजना नेपालीलाई सार्वजनिक गर्यो

काठमाडौं । युक्रेनले बन्दी बनाइएका पाँचजना नेपालीलाई सार्वजनिक गरेको छ ।

रूसी सेनामा भर्ना भएर युक्रेनविरूद्वको लडाईंका क्रममा बन्दी बनाइएका पाँचजना नेपालीसहित आठ जनालाई युक्रेनले सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकामा नेपाली ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक/एक नागरिक रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युक्रेनी सेनाको कब्जामा छन् ।

युक्रेनले उनीहरूलाई एकै स्थानमा राखेर बयान लिएको थियो । नेपालीहरूसँगको कुराकानीपछि सबैलाई त्यहाँबाट रिहा भएपछि रुस जान र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कन वाचा पनि गराएको छ ।

युक्रेनले बन्दीहरूलाई कहिले छाड्छ भन्ने बारेमा भने जानकारी दिएको छैन ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० चैत्र ५, १६: ३२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० चैत्र ५, १६: ३२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ५, १६: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...