
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आधार नभएको जवाफ दिएका छन् ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो जवाफ दिएका हुन् ।
“हालसम्मको अनुसन्धानले सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अरु कुनै भूमिकामा उहाँ नरहेको र विचाराधीन मुद्दामा पनि उहाँ जोडिएको देखिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले उहाँ संलग्न भएको आधार पुष्टि भएको छैन ।”
अगाडि उनले भने, “पोखराको सूर्यदर्शन सहकारीका एक हजारभन्दा बढी बचतकर्ताहरूले २०८० साउन २२ गते गरेको जाहेरीमा कसैको नाम किटिएको थिएन । यस उपर प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवदेनका आधारमा सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको हो । जुन अदालतमा विचाराधीन छ । १९ जनामध्ये ४ जना पक्राउ परेका छन् । बाँकीको खोजी जारी छ ।”
उनले गृहमन्त्री लामिछाने पनि दोषी देखिए कारबाही गर्नबाट आफूलाई कसैले रोक्न नसक्ने स्पष्टीकरण दिए । आरोप लागेकै भरमा उनको राजीनामा माग्नु भने अप्रजातान्त्रिक भएको प्रधानमन्त्री प्रचण्डले बताए ।
“कांग्रेस लामो समययता लोकतान्त्रिक अभ्यासमा छ । तर, आरोप लागेकै भरमा राजीनामा दिन थालियो भने के होला,” प्रधानमन्त्री प्रचण्डले भने ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...