
धनकुटा । सुक्खा तथा खडेरीका कारण धनकुटामा दैनिक भैरहेको डढेले र आगजनीले ठूलो मात्रमा जनधनको क्षती भैरहेकोले अग्नीपिडितहरुको राहत तथा उद्धारमा नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यर्ताहरु क्रियाशिल हुने आज निर्णय गर्दै परिचालित भएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा आज सम्पन्न भएको बैठकले धनकुटा जिल्लामा दैनिक जसो भैरहेको आगजनती तथा डढेलो बाट पिडितहरुको राहत तथा उद्धारका लागी डढेलो र आगजनी नियन्त्रण गर्न नेपाली कांग्रेसको धनकुटाले सम्पूर्ण पार्टी पंक्ति र भातृ संस्थाहरु परिचालन गर्ने निर्णय गरी परिचालन गरेको जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
धनकुटा जिल्लाका वडाहरुमा गठित जय नेपाल सेवा दललाई समेत व्यापक परिचालन गरी अग्नी पीडितहरुको राहत र उद्धार गर्ने र आगजनी तथा डढेलो नियन्त्रण गर्न निर्देशन दिई सबै क्रियाशिल भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले बताए ।
सक्खा तथा खडेरीका कारण धनकुटा जिल्लाका सातवटै पालिकाका विभिन्न वडाहरुमा अहिले दैनिक जसो आगजनी तथा डढेलो भै ठूलो मात्रामा क्षती भैरहेको छ ।
उक्त बैठकले क्रियाशिल सदस्यताको नविकरण र नयाँ सदस्यताको फारम सबै मातहतका कार्य समितिबाट जिल्ला कार्यसमिति धनकुटामा चैत्र १५ गते सम्म अनिवार्य बुझाउनका लागी निर्देशन सहित अनुरोध गर्ने लेवी समेत चैत्र १५ गते अनिवार्य बुझाउनका लागी सवैलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला सचिव जयन्द्र घिसिङले बताए ।
नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको परिचय पत्र केन्द्रबाट धनकुटामा ल्याईसकेकोले सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई क्रियाशिल सदस्यताको परिचय पत्र वडा वडामानै गएर वितरण गरिने भएकोले अभिलम्ब क्रियाशिल सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला पार्टी कार्यालयमा दुई प्रति फोटो बुझाउन समेत जिल्ला सचिव विजय सन्तोषी राईले आग्रह गरे ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला पदाधिकारहिरु तथा सदस्यहरु,महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु र भातृ तथा शुवेच्छुक संस्थाहरुका अध्यक्षहरुले समेत समसामयिक राजनैतिक अवस्थाको वारेमा आ–आफ्नो धारणा राख्दै अब कांग्रेसलाई नयाँ अभियानका साथ सक्रिय र सशक्त ढंगले जनतामाझ लाने बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...