
काठमाडौं । हिउँद लागेपछि नेपालमा डढेलोले ठूलो रूपमा जनधनको क्षति हुँदै आएकोले पूर्वी पहाड, मधेश र बागमती प्रदेशमा लागेको डढेलो मंगलबार राति र बुधबार बिहान परेको पानीले नियन्त्रणमा राहत मिलेको छ ।
नेपालमा अहिले डढेलोको प्रकोप रहेकाे, ६ चैतमा मात्रै देशभरि ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको थियो ।
‘अधिकांश स्थानमा डढेलो नियन्त्रण गर्न सकस परिरहेका बेला हल्का वर्षाले पनि धेरै राहत मिलेको छ । पानी नपर्दा सुक्खा भएर ह्वात्तै बढ्ने आगो नियन्त्रण लिन सजिलो हुन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने, ‘केही स्थानको डढेलो निभेको समेत छ ।’
उनका अनुसार विशेषगरी कोशी प्रदेश पहाडी क्षेत्रमा आगलागी घटना बढिरहेको बेला पानी पर्दा ठूलो राहत मिलेको हो ।
प्राधिकरणका अनुसार यो वर्ष ४३ घरपरिवार डढेलोबाट प्रत्यक्ष प्रभावित भएका छन् । डढेलोबाट मात्रै ५७ लाख २५ हजार रुपैयाँ बराबर क्षति भएको अनुमान गृह मन्त्रालयले गरेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...