विश्वको सबैभन्दा खुसी देश मध्ये नेपाल ९३औँ स्थानमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विश्वको सबैभन्दा खुसी देश मध्ये नेपाल ९३औँ स्थानमा

काठमाडौं । संयुक्त राष्ट्र संघीय एजेन्सीले सार्वजनिक गरेको वल्र्ड ह्याप्पिनेस इन्डेक्सका अनुसार नेपाल सूचांकको ९३औँ स्थानमा छ ।

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको हो ।सूचकांक पहिलो नम्बरमा रहेको फिनल्यान्ड लगातार सातौं वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको हो ।

बुधबार सार्वजनिक प्रतिवेदनका अनुसार अफगानिस्तान सबैभन्दा कम खुसी देशका रूपमा १४३औँ स्थानमा छ ।

चीन ६०औँ स्थानमा र भारत १२६औँ स्थानमा छ । नेपालभन्दा बढी खुसी इराक ९२औँ स्थानमा र कम खुसी लाओस ९४औँ स्थानमा छ । अमेरिका २३औँ स्थानमा छ । यस्तै, रूस ७२ र युक्रेन १०५औँ स्थानमा छ ।

फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जमवर्ग, स्विट्जरल्यान्ड र अष्ट्रेलिया क्रमशः सबैभन्दा खुसी एकदेखि १०औँ स्थानमा छन् ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ७, १५: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ७, १५: ०८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ७, १५: ०८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...