
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रबी लामिछानेले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना विषयमा दिएको अभिव्यक्ति एक अर्कामा बाझिएको भन्दै प्रष्ट पार्न माग गरेको छ।
नेपाली कांग्रेसकी नेतृ सांसद इश्वरी न्यौपानेले प्रतिनिधि सभाको बुधबारको वैठकमा आकश्मिक समयमा वोल्दै मंगलबार प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेले सहकारीबाट लिएको भनिएको रकम फर्यौट भइसकेको बताए पनि गृहमन्त्री लामिछानेले त्यस्तो सहकारीबाट रकम नै नलिएको अभिव्यक्ति वाहिर दिएकाले प्रष्ट पार्न माग गरिन्।
सांसद न्यौपानेको प्रश्न थियो, ‘सहकारीबाट ऋण नै नलिएको भए गृहमन्त्रीले किन रकम फर्स्यौट गरे, प्रधानमन्त्रीज्यू? यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीमध्ये कसले झुट वोलेको हो? सदनलाई जानकारी दिनु पर्यो।’
सांसद न्यौपानेले सदनवाट वाहिरिएपछि गृहमन्त्री लामिछानेले ‘प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौं’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । उनको प्रश्न थियो– के संसद विनै सत्ता चलाउने योजना हो गृहमन्त्रीज्यू?’
नेपाली कांग्रेसको सदन अबरुद्ध गर्ने चाहना नभए पनि हजारौं सहकारी पीडितको ५२ करोड बढी रकम लिएर गोर्खा मिडिया प्रा.लि.को नाममा रकम निकासा भएको र त्यो मिडियाको संचालक हालका गृहमन्त्री रबी लामछिाने रहेकोले उनले पदबाट राजिनामा दिनु पर्ने सांसद न्यौपानेले माग गरिन।
उनले सरकारका गृहमन्त्रीलाई प्रतिपक्षीबिनाको सरकारको कल्पना र आशा गरिरहेको आरोप लगाउँदै संसद कांग्रेसलाई चाहिए पनि सरकारलाई नचाहिएको देखिएको बताइन्।
गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलन नगरेको भन्दै अनुसन्धानबिना नै प्रधानमन्त्री दाहाल न्यायाधिश बन्न खोजेको भन्दै सांसद न्यौपानेले आपत्ति जनाईन ।
उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू, कांग्रेसले सत्तामा हुँदा पनि सहकारी ठगीको छानबिनको माग यही सदनमा गरेको थियो, के त्यो वेला तपाइँ निधाएर बस्नु भएको थियो?’
उनले गृहमन्त्री भएपछि लामिछानेको कांग्रेसले विरोध गरेको भनेर प्रधानमन्त्री दाहालले झुटो बोलको दाबी गरिन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...