आरबीबी–एनभीए भलिबलः महिलातर्फ न्यु डायमण्ड पनि सेमिफाइनलमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आरबीबी–एनभीए भलिबलः महिलातर्फ न्यु डायमण्ड पनि सेमिफाइनलमा

काठमाडौं। ८औं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीपमा न्यु डायमण्डले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बुधबार भएको खेलमा न्यु डायमण्डले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

न्यु डायमण्ड मधेसलाई पहिलो सेटमा २५–१०, दोस्रोमा २५–६ र तेस्रोमा २५–८ ले हराउँदै समूह ‘बी’को विजेता बन्यो। प्रतियोगितामा मधेसको यात्रा भने समाप्त भएको छ।

यससँगै सेमिफाइनलको समिकरण पूरा भएको छ । अब पहिलो सेमिफाइनल खेलमा एपीएफ र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा न्यु डायमण्ड र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ७, १७: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ७, १७: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ७, १७: ४७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...