बिनोद चौधरीमाथि छानबिन गरिरहेको सीआईबीद्वारा सभामुखलाई जानकारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बिनोद चौधरीमाथि छानबिन गरिरहेको सीआईबीद्वारा सभामुखलाई जानकारी

काठमाडौं। नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपालका अर्बपति व्यापारी बिनोद चौधरीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

सीआईबीले सभामुखलाई पत्र पठाएर सांसद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको हो।

सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ।

‘‘बाँसबारी छाला तथा जुत्ता कारखाना प्रालिको नाममा दर्ता भएको काठमाडौं महानगरपालिका वडा नं ३ स्थित दस रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर प्रालिको नाममा स्वामित्व हस्तान्तरण गर्दा किर्ते गरी ठगी गरेको मुद्दामा प्रालिका ा संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य चौधरीका सम्बन्धमा ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा भनिएको छ।

यसअघि माघ १८ गते सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

च्याम्पियन फुटवेयरमा सांसद चौधरीको पनि सेयर रहेको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको संसदलाई जानकारी गराएको हो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ७, १८: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ७, १८: २८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ७, १८: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...