सांसद चौधरीको जवाफ गृहमन्त्री लामिछानेलाई – मेरो चारित्रिक सर्टिफिकेट स्टण्डवाजी गर्नेलाई देखाउनु जरुरी छैन’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सांसद चौधरीको जवाफ गृहमन्त्री लामिछानेलाई – मेरो चारित्रिक सर्टिफिकेट स्टण्डवाजी गर्नेलाई देखाउनु जरुरी छैन’

काठमाडौं । नेपालका एक मात्र अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो ४५ वर्षे लामो व्यवसायिक यात्राको क्रममा चरित्रको सर्टिफिकेट स्टण्डबाज गर्नेलाई देखाउन जरुरी नभएको बताएका छन्।

वाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कांग्रेसका सांसद विनोद चौधरीसँग विहीबार बयान लिएपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री रबी लामिछाने लक्षित अभिव्यक्ति दिएका हुन्।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले चौधरीसँग बिहीबार बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान लिएको थियो ।

चौधरी आफैं सरकारी वकिलको कार्यालय पुगेर बयान दिएपछि बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो समेत गरेका छन्। उनले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट देखाउन जरुरी नभएको बताए।

‘सांसद र उद्यमीको रूपमा मैले सिआइबीलाई बयान दिएको छु। सिआइबीले मलाई मौखिक बयान लिने भनेको थियो, मैले आफ्नो कुरा राखेर आएँ। यो जटिल परिस्थितिमा मजत्तिको मान्छेले यहाँ उभिएर यो भनिरहँदा विश्वभरका व्यवसायीलाई के सन्देश पुग्दो हो?’ उनले भने, ‘मेरो ४५ वर्षे यात्राको चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन। खासगरी स्टन्टबाजी गर्नेहरूलाई। व्यवसायी‍लाई यस्ता गतिविधिबाट टाढा राख्नुपर्छ।’

बुधबार मात्रै सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो।

चौधरीमाथि सरकारले काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा संलग्नता रहेको आशङ्का गरेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ८, १४: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ८, १४: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ८, १४: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...