
काठमाडौं। सरकारले बाँसबारी छाला तथा जुत्ता कारखाना प्रलिको जग्गा आफ्नो नाममा भोगचलन गर्दै आएको सिजी चाँदवाग रेसिडेन्सीबाट फिर्ता लिएको छ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले मालपोत ऐन २०२४ अनुसार बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा सरकारीकरण गरेको हो।
बाँसबारी छाला तथा जुत्ता कारखाना प्रालिको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारले डेढ महिनाअघि नै निर्णय गरेको थियो।
नवनियुक्त उपप्रधानमन्त्री रवि लामिछानेले केही दिनअघि सो जग्गा सरकारको नाममा चाँडो फिर्ता ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईब) लाई निर्देशन दिए पनि जग्गा फिर्ताको प्रकृया भने भूमि व्यवस्था तथा कृषि मन्त्रालयले अघि बढाई सकेको थियो।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिजी चाँदवाग रेसिडेन्सीका अध्यक्ष अरूण चौधरी, कारखानाका तत्कालिन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदवागका सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।
सोही प्रकरणमा सिआइबीले सांसद विनोद चौधरीसँग पनि बयान लिएको थियो। बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको थियो।
विहीबार विहान मात्रै सिआईवीले विनोद चौधरीसँग वाँसवारीको १० रोपनी जग्गाको विषयमा व्यवसायी तथा प्रतिनिधिसभाका सदस्य विनोद चौधरीसँग बयान लिएको थियो।
सिआईबीलाई बयान दिएर फर्किएपछि चौधरीले स्टण्डबाजीलाई आफ्नो ४५ वर्षे चारित्रिक सर्टिफिकेट कुनै स्टण्डबाजलाई देखाउनु पर्ने जरुरी नभएको भन्दै गृहमन्त्री रबी लामिछानेलाई लक्षित गर्दै व्यङ्ग्य गरेका थिए।
चौधरीलाई कुनै कारबाही नै नगरी सरकारी जग्गा सरकारकै नाममा फिर्ता लिनुलाई उपलब्धी मान्दै आएको सरकारले कौडीको भाउमा अर्बौं मुल्य पर्ने जग्गाको करिव ४३ वर्षसम्म उपभोग गरेको जग्गाको आयस्ताको विषयमा भने मौन बसेको छ।
सरकारी जग्गालाई निजी प्रयोजनका लागि उपभोग गरेर त्यसको आयस्ता वापत कुनै राजश्व वा आम्दानी सिजी चाँदवाग रेसिडेन्सीबाट नलिई सरकारले चौधरी ग्रपको गैरकानुनी कार्यलाई अनदेखा गरेको पाइन्छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...