कोरोना संक्रमित ३ हजार ४ सय ४८ पुगे, संक्रमण ७१ जिल्लामा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कोरोना संक्रमित ३ हजार ४ सय ४८ पुगे, संक्रमण ७१ जिल्लामा

काठमाडौं । नेपालमा कोरोना संक्रमण देशका ७१ जिल्लामा फैलिएको छ । आइतबार कोरोनाका दुई २ सय १३ जना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या तीन हजार चार सय ४८ जना पुगेको छ । आइतबार थपिएका दुइ सय १३ संक्रमितमध्ये दुई सय नौ जना र महिला चार जना रहेका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार झापाको अर्जुनधारामा २ जना, सुनसरीमा २ जना, मोरङको रतुवामाईमा २ जना, विराटनगरमा १ जना, धादिङमा १ जना, रौतहटमा १ जना, धनुषामा १ जना, सिरहाको भगवानपुरमा २ जना, सिन्धुपाल्चोकमा १ जना र उदयपुरको रामपुरमा ३ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार प्रदेश १ का १२ जिल्लाका दुई सय ५९ जनामा, प्रदेश २ का आठ जिल्लाका एक हजार एक सय ६१ जनामा, बागमती प्रदेशका १२ जिल्लाका ९२ जनामा, गण्डकी प्रदेशका नौं जिल्लाका एक सय ११ जनामा प्रदेश ५ का १५ जिल्लाका एक हजार ८१ जनामा, कर्णाली प्रदेशका ९ जिल्लाका छ सय ३३ जनामा र सूदुरपश्चिम प्रदेशका ९ जिल्लाका एक सय ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार प्रदेश १ मा चार हजार तीन सय ८८ जना, प्रदेश दुईमा २२ हजार दुई सय ३२ जना, बागमती प्रदेशमा तीन हजार एक सय ९५ जना, गण्डकी प्रदेशमा पाँच हजार तीन सय ६३ जना, प्रदेश ५ मा ३९ हजार आठ सय ९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना, सूदुरपश्चिम प्रदेशमा ६३ हजार पाँच सय ७५ जना क्वारेन्टाइनमा बसेका छन् ।
त्यस्तै आइसोलेसनमा प्रदेश १ मा एक सय ३८ जना, प्रदेश २ मा नौ सय ६८ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा एक सय आठ जना, ५ नम्वर प्रदेशमा नौ सय ४४ जना, कर्णाली प्रदेशमा छ सय २१ जना र सूदुरपश्चिम प्रदेशमा ९६ जना बसेका छन् । हालसम्म तीन सय ९९ जना पुरुष र ६८ जना महिला डिष्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ जेष्ठ २५, १८: ३२

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ जेष्ठ २५, १८: ३२

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ जेष्ठ २५, १८: ३२

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...