भारतीय राजदूतावासले मनायो ५९ औं आइटेक दिवस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारतीय राजदूतावासले मनायो ५९ औं आइटेक दिवस

काठमाडौं। काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार ५९औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस एक कार्यक्रम गरी मनायो।

संघीय संसदका सदस्यहरु, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्वनेपाली विद्यार्थीसहित करिब तीन सय जना अतिथिको सो अवसरमा उपस्थिति थियो।

नेपाल लगायत एक सय ६० भन्दा बढी साझेदार देशहरुलाई भारतका उच्च शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरुमा अल्पकालीन र दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रमहरुमा संलग्न गराई आइटेक कार्यक्रमले भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञताको विशाल एवम् समृद्ध सञ्जाललाई समेटेको छ।

सन् १९६४ देखि शुरु भएको सो कार्यक्रमलाई विश्वभरका दुई लाखभन्दा बढी सरकारी अधिकारी, पेशाकर्मी र वरिष्ठ उद्योग प्रतिनिधिहरुले उपयोग गरेका छन्।

सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको जनाए।

भारत–नेपाल क्षमता अभिवृद्धि साझेदारीमा भएका प्रगतिलाई चिनाउन ५९औं आइटेक दिवस मनाइएको हो। सन् २०२३–२०२४ मा, नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, चार सय ४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिदै उनले नेपालका सरोकारवालाहरुको रुचिलाई ध्यानमा राख्दै आइटेक अन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी कस्टमाइज्ड कोर्षहरु ल्याइने बताए।

वरिष्ठ आइटेक अलम्नाइ–राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपालका महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अवकाश प्राप्त सचिव दिनेश घिमिरे, संघीय संसद सचिवालयका सचिव रोजनाथ पाण्डे, सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोष कुमार ढकालले प्यानल छलफलमा सहभागी भइ अनुभव बताएका थिए।

 

कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मंडलीले मनमोहक ओडिसी नृत्य प्रस्तुत गरेको थियो।

एम्सका पूर्वविद्यार्थी एवम् सांसद डा. शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाए।

सन् २०२३–२०२४ मा नेपालका चार सय ४४ पेशाकर्मीलाई भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुमा विभिन्न कोर्षमा तालिम दिइएको थियो । जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिंचाइ जल व्यवस्थापन आदि विविध विषयमा दुई वर्षे एम.टेक अध्ययन गर्न नेपाल सरकारका ३० जना इन्जिनियर भारतीय प्रौद्योगिकी संस्थान रुड्कीमा भर्ना भएका छन्।

आइटेकअन्तर्गत नेपालका युवा थिङ्क ट्याङ्क÷अनुसन्धानकर्ताले दिल्लीको सेन्ट स्टिफन्स कलेजमा नेबरहुड–फस्र्ट फेलोशिप कार्यक्रममा भाग लिएका थिए।

५० जना डाक्टर, ३० जना सरकारी वकिल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका २५ जना, राष्ट्रिय न्यायिक प्रतिष्ठानका १५ जना सदस्य, नेपाल प्रहरीका एक सय ८० जना, सशस्त्र प्रहरी बलका २५ जनाका लागि सन् २०२३–२०२४ मा भारतका ६ वटा प्रतिष्ठित संस्थानमा २१ वटा कस्टमाइज्ड कोर्षको व्यवस्था गरिएको थियो।

घनिष्ठ एवम् नजिकको छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहेको छ। गएको पन्ध्र वर्षमा मात्रै नेपालका दुई हजार बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ।

भारतको प्रयासको एक हिस्साको रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नपुर्याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १०, १८: ०३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १०, १८: ०३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र १०, १८: ०३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...